गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्न भरतपुर महानगर र निर्माण कम्पनीबीच सम्झौता
चितवनः चितवनको भरतपुरस्थित गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिन्चोक बीबीआर जेभीबीच सम्झौता भएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल र निर्माण कम्पनीका विकास गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । ७५ करोड ५० लाख ९१ हजार १ सय ८९ रुपैयाँमा सक्ने गरी सम्झौता भएको हो । निर्माण २०८३ पुस २२ गतेभित्रमा निर्माण सक्ने सम्झौतामा उल्लेख छ ।
रंगशालामा मैदानसहित ५ वटा पिच, डेनेजसहितको मैदान निर्माण, २ वटा टावरलगायतका संरचना निर्माण हुने जनाइएको छ।
प्रकाशित मिति: आइतबार, असार २३, २०८१ २१:१३
प्रतिक्रिया दिनुहोस्