Mero Chitwan
बाढीले नारायणगढ-नगरवन जोड्ने झोलुङ्गे पुल बगायो, १७१ जनालाई सुरक्षित ठाउँमा सारियो

चितवन : चितवनमा नारायणी नदीमा आएको बाढीले नारायणगढ-नगरवन जोड्ने झोलुङ्गे पुल बगाएको छ । गएराति ११:३० को बजेको समयमा भरतपुर-३ न्युरोड र नगरबन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढीले दुबै तर्फको पिल्लर भत्काइ बगाएको प्रहरीले जनाएको छ । यस्तै बाढी बस्तीमा पसेपछि १७१ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

भरतपुर-१६ गुम्बाचोकबाट ५९ जना, भरतपुर-३ स्थित हाम्रो घर नामक संस्थामा रहेका २४ जना बालबालिका, भरतपुर-१७ गोब्रेनी स्थितमा १७ घरधुरीका ५४ जना, भरतपुर-३ बालकुमारी नर्सिङ कलेजको भवनमा बस्ने ४ जना र भरतपुर-१ देवघाट स्थित नारायणी नदीको किनारमा रहेको कुटी र स्थानीय र १० घरधुरीका २८ जना गरी १७१ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको चितवन प्रहरीले जनाएको छ ।

नारायणी नदिको जल सतह ११ मिटरभन्दा माथि रहेको छ । यहाँ ९ मिटरलाई खतराको संकेतको रुपमा लिने गरिएको छ । 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update