सप्तकोशीको बहाव बढेपछि ३५ ढोका खोलिए
सप्तरी :अविरल वर्षाले सप्तकोशी नदीको बहाब बढेको छ ।
कोशी ब्यारेज क्षेत्रमा वर्षा कम भए पनि पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाले शनिबार बिहानदेखि कोशी ब्यारेजमा बाढी आएर बहाब बढेको हो ।
शनिबार साँझ ५ बजे कोशी ब्यारेजमा गरिएको मापनअनुसार दुई लाख ८२ हजार क्युसेक बहाब रेकर्ड भएको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ । जबकि आज शनिबार दिउँसो १ बजेको मापनअनुसार कोशीको बहाब दुई लाख ४४ हजार क्युसेक थियो ।
हिजो (शुक्रबार) एक लाख क्युसेक मात्रै थियो । कोशी ब्यारेज नियन्त्रण कक्षका प्राविधिकहरुका अनुसार कोशीमा बिहानैदेखि लगातार बाढी आइरहेको हुँदा बहाब पनि सोहीबमोजिम बढिरहेको छ ।
कुल ५६ ढोका रहेको कोशी ब्यारेजका ३५ वटा खोलिएको छ
प्रकाशित मिति: शनिबार, असार २२, २०८१ १९:१९
प्रतिक्रिया दिनुहोस्