नारायणी गैँडाकोटको बस्तीमा पस्यो
चितवन : निरन्तर परेको पानीले गर्दा नारायणी नदीमा आएको बाढी गैँडाकोटको बस्तीमा पसेको छ। लगातार परेको वर्षापछि नारायणी नदीको सतह बढेर गैँडाकोटको बस्तीमा पसेको हो ।
नारायणीले गैँडाकोट नगरपालिका वडा २ को बोटे टोलमा रहेका २५ घरमा डुवान गरेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । बस्तीमा नारायणी छिरेपछि स्थानीय, पशु चौपाया तथा अन्नपातलाई सुरक्षित स्थानमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डुबानबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असार २२, २०८१ १६:०२
प्रतिक्रिया दिनुहोस्