Mero Chitwan
उपत्यकाका नदीमा जलसतह बढेपछि बस्तीहरुमा सतर्कता अपनाउन आग्रह

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा हुँदा जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार गत २४ घण्टामा देशभर वर्षा भएको छ । काठमाडौं उपत्यकाका बागमती, विष्णुमती नदीमा बाढी आएको छ । नदी छेउका बस्तीहरुलाई सतर्कत रहन आग्रह गरिएको छ ।

ललितपुरका धापाखेल, शंखमुल लगायतका नदी किनार छेउका सुकुम्बासी बस्तीमा बाढीका जनजीवन प्रभावित भएको छ । साथै नदी छेउका सडकहरु डुबानमा परेका छन् । 

अविरल बर्षाले भक्तपुरको हनुमन्ते खोला आसपासका क्षेत्र जलमग्न भएको छ ।

अविरल बर्ष पछि हनुमन्ते खोलामा पानीको सतह बढेपछि भक्तपुर नगरपालिकास्थित राम मन्दिर परिसर र सँगै रहेको शान्तिनिकेतन मावि जलमग्न भएको छ । खोला आसपासका धान खेत पुरै डुबेको छ । यस्तै जिल्ला विपद व्यवस्थापन समितिले हनुमन्ते खोला आसपासका स्थानीय खोलमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्क रहन आग्रर गरेको छ ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update