Mero Chitwan
जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं-आयोजक जर्मनीलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै स्पेन युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । मिकेल मेरिनोले अतिरिक्त समयको अन्तिममा निर्णायक गोल गरेपछि स्पेन सेमिफाइनलमा पुग्न सफल भएको हो । 

स्टुटगार्डमा भएको पहिलो क्वाटरफाइनलमा डानी ओल्मोले ५१औं मिनेटमा लामिन यामलको पासमा गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

स्पेन जिततर्फ अग्रसर भइरहेका बेला ८९औं मिनेटमा जर्मनीका लागि फ्लोरिन विट्जले जोसुअ किम्मीचको पासमा बराबरी गोल गर्दै खेल रोमाञ्चक स्थितीमा पुर्‍याए ।

त्यसपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । डानी ओल्मोको पासमा मिकेल मेरिनोले ११९औं मिनेटमा गोल गर्दै स्पेनलाई २-१ को जित दिलाए । अतिरिक्त समयको इन्जुरी टाइममा स्पेनका डाद्दी कार्भाजल रातो कार्ड पाउदै मैदान बाहिरिएका थिए ।

स्पेन र जर्मनी दुवैले सर्वाधिक ३-३ पटक युरो जितेका छन् ।  स्पेन चौथो उपाधि जित्ने यात्रातर्फ अघि बढेको हो। स्पेनले अब सेमिफाइनलमा पोर्चुगल र फ्रान्सबीचको खेलको विजेतासँग खेल्नेछ

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update