Mero Chitwan
नम्रता खरेलको स्वरमा ’माया पिरतीको गाउँ’ सार्वजनिक

काठमाडौँ- गायिका नम्रता खरेल र गायक प्रविण वेडवालको स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गीतको शब्द तथा संगीत सागर अधिकारी सरदको रहेको छ । गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ । गीतमा प्रेमी प्रेमीकाबीचको अन्तरंग कुराकानी लाई समेटिएको छ । 

गीतमा सन्तोष तामाङको छाँयाङकन , विजयराज भुर्तेलको निर्देशन तथा सम्पादन तथा समिर राईको कन्सेप्ट रहेको छ । भिडियोमा एस राज गराज र रिचा थापाको अभिनयलाई देखाइएको छ ।भिडियोलाई गायिका नम्रता खरेलको युटुव च्यानल मा हेर्न सकिन्छ ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update