Mero Chitwan
बेलायतमा १४ वर्षपछि सत्तामा फर्कियो लेबर पार्टी, को-को बने मन्त्री ?

एजेन्सी- बेलायतमा लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किएको छ । हिजो सम्पन्न संसदीय निर्वाचनमा लेबर पार्टी ६५० सदस्यीय तल्लो सदन हाउस अफ कमन्समा ४१२ सिटमा विजयी भएको हो । सत्तारुढ कन्जरभेटिभ पार्टी भने १ सय १२ सिटमै खुम्चिएको छ । 

लेबर पार्टीका नेता केइर स्टार्मर प्रधानमन्त्री बनेका छन् भने एन्जेला रेनर उपप्रधानमन्त्री, रचेल रिभ्स चान्सलर, डेभिड लामी विदेशमन्त्री, युभेट कूपर गृहमन्त्री र जाेन हेली रक्षामन्त्री बनेका छन् । यस्तै हिलारी बेन नर्दन आयरल्यान्डमन्त्री, इयान मुरे स्कटिसमन्त्री र जाे स्टीभन्स वेल्श मन्त्री बनेका छन् । जोनाथन रेनाेल्ड्स व्यापार तथा वाणिज्यमन्त्री, पिटर केल विज्ञानमन्त्री र लुइस हेघ यातायात मन्त्री बनेका छन् । 

थलिएको अर्थतन्त्र, बढ्दो महँगी, अन्तरपार्टी द्वन्द्व, कोभिड-१९ का बेला अपनाइएका रणनीति तथा लिज ट्रसले करसम्बन्धी गरेको गल्तीका कारण कन्जरभेटिभ पार्टीले जनताको विश्वास गुमाएको विश्लेषण भइरहेको छ । यो निर्वाचनमा ऋषि सुनकका ३० सदस्यीय मन्त्रिपरिषद्का १४ जना हस्तीले पराजय भोग्नुपरेको छ । सुनकले आफ्नो दल कन्जरभेटिभ पार्टीको पराजय स्वीकार गरेका गर्दै कमजोर प्रदर्शनका लागि पार्टीका सदस्यहरुसँग क्षमा मागेका छन् । 

यसअघि सन् २०१० मा डेभिड क्यामरुनको नेतृत्वमा लेबर पार्टी सरकारमा थियो । 

 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  २३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update