Mero Chitwan
प्रधानमन्त्री  दाहालले असार २८ गते  विश्वासको मत लिने

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।  नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि प्रस्ताव असफल हुने निश्चित भए पनि दाहालले विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्री दाहालले विश्वासको मत लिने प्रयोजनका लागि संसद् सचिवालयलाई पत्राचार समेत गरेका छन् ।

सत्तामा रहेका एमाले तथा अशोक राई नेतृत्वको जसपा सरकारबाट बाहिरिइसकेका कारण दाहाल अल्पमतमा परिसकेका छन् । दाहालको पक्षमा स्वतन्त्र पार्टी र एकीकृत समाजवादीमात्र खुलेका छन् । 

कांग्रेससहितको गठबन्धनलाई महन्थ ठाकुरको नेतृत्वको लोसपाले समर्थन जनाइसकेको छ । गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ गठबन्धन बनाउँदै सरकार गठन र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको थियो।

pa-1720174653.jpg
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update