Mero Chitwan
मुकुल ढकाललाई रास्वपाले गर्‍यो ७ दिन निलम्बन

काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकाललाई ७ दिन निलम्बन गरेको छ ।  बुधबार बसेको केन्द्रीय समिति बैठकले अमर्यादित र अनुशासनहीन काम व्यवहार गरेको भन्दै निलम्बनको निर्णय गरेको हो । 

यससँगै पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटिलाई कार्यवाहक महामन्त्री र सहप्रवत्ता मनिष झालाई कार्यवाहक प्रवक्ता तोकिएको छ । 

बुधबारको बैठकमा ढकालले बैठकको प्रत्यक्ष प्रशारण गर्न र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आफ्नो माग सुनुवाइ नगरिएको भन्दै मुखमा कालो टेप लगाएर आपत्ति जनाएका थिए। तर बैठकले बहुमतले प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेको  थियो । आफ्नो माग पारित नभएपछि ढकालले आफ्नो लोकतान्त्रिक अधिकार हनन भएको जनाउँदै कालोपट्टी बाँधेर बैठकमा सहभागी भएका थिए । 

nilamban-1720061009.jpg
 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update