चितवन : देशकै प्रमुख पर्यटकीय स्थल चितवनको 'सौराहा सौन्दर्यकरण' सुरु गरिएको छ । 'सौराहा सौन्दर्यकरण' आयोजनाअन्तर्गत पहिलो चरणमा सौराहाको मुख्य प्रवेशद्वार चित्रसारी पुलमा बत्ती जडान र सजावट गरिएको हो ।
रत्ननगर नगरपालिका र रेवान सौराहाको सहकार्यमा सौन्दर्यकरण सुरु गरिएको हो ।
रत्ननगरका मेयर प्रलाद सापकोटाले एक औपचारिक कार्यक्रमका बीच सौन्दर्यकरण गरिएको पुलको उद्घाटन गरेका हुन् । यसअन्तर्गत चित्रसारी पुलमा गैंडा, हात्ती र बाघको प्रतिमा पनि निर्माण गरिएको छ ।
नगरपालिकाको ७ लाख र रेवान सौराहाको तीन लाख गरी १० लाखको लगानीमा सौराहा सौन्दर्यकरणको काम सुरु गरिएको हो । सो अबसरमा मेयर सापकोटाले सौराहाको विकासको लागि बजेट अभाव हुन नदिने बताए ।
होटल संघका केन्द्रीय सदस्य सुमन घिमिरेले सेवाको गुणस्तर सुधार्ने जिम्मा दिएर तीनै तहको सरकार पूर्वाधार निर्माणमा केन्द्रित हुनुपर्ने बताए । उनले सौराहालाई फरक तरिकाले चिनाउन स्ट्री नम्बरिङको काम पनि गरिएको उनले बताए । रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले पर्यटकलाई छुट्टै अनुभूति दिलाउने गरी सौराहालाई सिंगारिने बताए । रत्ननगर नगरपालिका र सिंगो देशको सान सौराहामा दिगो पर्यटन प्रवर्द्धन गर्न सबै मिलेर लाग्नुपर्ने उनको भनाइ छ ।