Mero Chitwan
कमेडी च्याम्पियन्सको उपाधि सुनील खड्कालाई

काठमाडौं-कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको कमेडी च्याम्पियन्स सिजन थ्रीको उपाधि काठमाडौंका सुनील खड्काले जितेका छन् । 

शनिबार साँझ भएको फिनालेमा दर्शकहरूको मतका आधारमा खड्का विजेता घोषित भएका हुन् । विजेता खड्काले नेटा भी कार तथा नगद २५ लाख पुरस्कार प्राप्त गरेका छन्। 

यस्तै फस्ट रनर अप सुनसरीका रिसब काफ्ले तथा सेकेन्ड रनर अप नवलपरासीकी सुयशा खनाल भएका छन् । फस्ट रनर अप काफ्लेले ट्रफीका साथै स्कुटर, टेलिभिजन तथा नगद पुरस्कार प्राप्त गरेका छन् भने सेकेन्ड रनर अप खनालले स्कुटर र नगद पुरस्कार प्राप्त गरेकी छन्।  

चार महिनासम्म चलेको कमेडी च्याम्पियन्सको सिजन थ्रीमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायक थिए । 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  २२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update