Mero Chitwan
एसईई २०८० : चितवनमा ५५ प्रतिशत पास, सामुदायिकको नतिजा निराशाजनक

चितवन–२०८० को माध्यमिक शिक्षा परीक्षामा चितवनबाट सहभागी विद्यार्थीमध्ये ५५ प्रतिशत उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई चितवनका अनुसार साधारण तथा प्राविधिक गरी १० हजार ६ सय १५ विद्याथी एसईईमा सहभागी भएकामा ५ हजार ९ सय ७५ जना अर्थात् ५५ दशमलब ७६ प्रतिशत उत्तीर्ण भएका हुन् ।

तीमध्ये ४ जीपीए ल्याउने १६ जना, ३.६ देखि ४ जीपीएसम्म ल्याउने ११ सय ७५, ३.२ देखि ३.६ जीपीए ल्याउने १९ सय ८८ र २.८ देखि ३.२ जीपीए ल्याउने २ हजार ४७ जना छन् । यस्तै,  नन ग्रेडिङ अर्थात् एनजी रहेका विद्यार्थीको संख्या ४ हजार ६ सय ४० रहेको कार्यालयले जनाएको छ । 

chitwan-see-1719545591.jpg
जिल्लामा सामुदायिक विद्यालयको नतिजा निराशाजनक छ । कालिका नगरपालिकामा मावि मझवाड र मावि रेडक्रसग्रामको नतिजा १० प्रतिशतभन्दा तलै छ भने मावि शमिपुरबाहेक कुनै पनि विद्यालयको नतिजा ३० प्रतिशत कट्न सकेको छैन । 

kalika11-1719545288.jpg
खैरहनीमा जनजीवन माविको १२ र कपिया माविको उत्तीर्ण प्रतिशत १५ प्रतिशत छ । संस्थागततर्फ भने डेजी स्कुलका २ विद्यार्थीहरु आर्यन अधिकारी र सुगम गौतमले ४ जीपीए ल्याएका छन् । अन्य संस्थागत विद्यालयको नतिजा पनि ५५ प्रतिशतभन्दा माथि नै छ । 

khairahani-1719545673.jpg

यस्तै, रत्ननगर नगरपालिकामा पनि पञ्चकन्या मावि जिरौना र जयमंगलाको उत्तीर्ण प्रतिशत क्रमशः १४ र १६ प्रतिशत छ भने बछौली मावि, झुवानी मावि, चित्रसारी मावि, भद्रकाली मावि, जनोदय मावि र नेपाल नमाविको उत्तीर्ण प्रतिशत २५ प्रतिशत हाराहारीमा मात्रै छ । रत्ननगरमा वैरिया माविको भने उत्तीर्ण प्रतिशत ७५ छ । त्यहाँ १ सय जना परीक्षामा सहभागी भएकोमा ७५ जना पास भएका छन् । 

ratnanagar-school-1719545349.jpg
 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update