Mero Chitwan
टी–२० विश्वकप : अफगानिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा

काठमाडौं–टी–ट्वान्टी विश्वकपअन्तर्गत पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा पुगेको छ ।

अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य १ विकेटको क्षतिमा ६७ बल बाँकी छँदै पूरा गरी दक्षिण अफ्रिका फाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाका लागि रेजा हेन्ड्रिक्सले २९ र एडेन मारक्रमले २३ रनले जोडे । 

यसअघि ट्रिनिटाड एण्ड टोबागोको ब्रायन लारा स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रिएको अफगानिस्तानले ११ दशमलब ५ ओभरमै सबै विकेट गुमाएर मात्र ५६ रन बनाउन सक्यो ।अफगानिस्तानका लागि  अजमतुल्लाह ओमरजाईले सर्वाधिक १० रन जोडे । अन्य कुनै पनि ब्याटरहरु दक्षिण अफ्रिकाको बलिङसामु टिक्न सकेनन् । 

अफगानिस्तानको इनिङ्स ध्वस्त बनाउने क्रममा मार्को जेन्सन र ताब्रिज साम्सीले ३–३ विकेट लिए भने कागिसो राबाडा र एनरिक नोर्जेले २–२ विकेट लिए । 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update