अविरल वर्षाले विराटनगर जलमग्न
विराटनगर : हिजोदेखि परेको अविरल वर्षाले विराटनगर जलमग्न हुन थालेको छ । बिराटनगर महानगरपालिकाका ११, १२, १६, १७ र १८ वडाका अधिकांस भाग जलमग्न भएका छन् । मध्यरातिदेखि परेको पानीले अधिकांश वडा डुबानमा परेका छ्न् ।
विराटनगरका धेरै सडक जलमग्न भएका छन् । कतै नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ । ढल र नाला निर्माणको काम अव्यवस्थित हुँदा वर्षाको पानीले निकास नपाउँदा विराटनगरका अधिकाश स्थान जलमग्न भएका छन् ।
प्रकाशित मिति: बुधबार, असार १२, २०८१ १३:१३
प्रतिक्रिया दिनुहोस्