Mero Chitwan
पहिरोमा परी कास्कीमा २ बालबालिकाको मृत्यु

काठमाडौं-अविरल वर्षापछि मंगलबार राति २ बजे गएको पहिरोमा परी कास्कीमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार छन् ।

घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो । हजुरआमा ७० वर्षीया लालमाया बञ्जारीलाई भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

त्यस्तै पोखरा-२७ आरूपाटामा ३१ वर्षीय हरि सुनारको घर पहिरोले पुरिँदा ३ वर्षीय छोरा अनमोलको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीय रितु सुनार घाइते भएकी छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । हरि र उनकी छोरी ९ वर्षीया अन्जलीको भने सकुसल उद्दार गरिएको कास्की प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update