भरतपुर विमानस्थलको आधुनिक टर्मिनल भवन निर्माण धमाधम
चितवन - चितवनको भरतपुर विमानस्थलको आधुनिक टर्मिनल भवन निर्माण धमाधम भइरहेको छ ।
१० कठ्ठा जमिनमा ८ हजार वर्गमिटर ओगटेर २ तल्ले भवन निर्माण भइरहेको हो । आगामी आर्थिक वर्षको बजेटमा भरतपुर विमानस्थलको टर्मिनल भवन निर्माण गर्न सरकारले २ अर्ब विनियोजन गरेको छ ।
सरकारले घोडा प्रजनन केन्द्र सारेर विमानस्थल विस्तार गरेको हो । भरतपुर महानगर प्रमुख रेनु दाहालले यसपटक संघीय सरकारबाट घोडा प्रजनन केन्द्र शक्तिखोरमा सार्न डेढ अर्ब र धावनमार्ग विस्तारका लागि १ अर्व विनियोजन गरिएको बताइन् ।
भरतपुर विमानस्थल विस्तार तीब्र भएसंगै हिजो ८० सीटको श्री एयरलाइन्सको जहाजको सफल अवतरण गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१ १७:२६
प्रतिक्रिया दिनुहोस्