Mero Chitwan
भरतपुर विमानस्थलमा ८० सिटे जहाजको परीक्षण उडान सफल

चितवन-चितवनको भरतपुर विमानस्थलमा ८० सिटे जहाजको परीक्षण उडान सफल भएको छ । आज बिहान श्री एयरलाइन्सको क्यु४०० ड्यास८ को जहाज परीक्षण उडान सफल भएको हो।

श्री एयरलाइन्सले नियमित उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ। प्राधिकरणबाट अनुमति पाएपछि काठमाडौं–भरतपुर नियमित उडान गर्ने श्री एयरलाइन्सले जनाएको छ। श्रीले भरतपुरमा यात्रुहरूको अत्यधिक चापलाई सहज गर्न उडान गर्न लागेको हो।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update