गृहमन्त्री लामिछानेले चितवनमा भने-जीबी राईलाई मलेसियाबाट छिट्टै नेपाल ल्याइनेछ
चितवन-उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा अभियोग लागेको गोर्खा मिडियाका सञ्चालक जीबी राई मलेसियामा रहेको पत्ता लागिसकेको बताएका छन् ।
चितवनको भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुरागर्दै गृहमन्त्री लामिछानेले मलेसियाको गृहमन्त्रीसँग कुरा भएर राईको लोकेसन समेत पत्ता लागेको जानकारी दिएका हुन् ।
उनले जीबीलाई नेपाल ल्याउने प्रक्रिया भइरहेको भन्दै छिट्टै नेपाल ल्याइने दाबीसमेत गरे । उनले यस विषयमा गम्भीर भएर मलेसिया सरकारसँग कुराकानी भइरहेको भन्दै प्राविधिक कारणले नेपाल ल्याउनमा ढिलाइ भइरहेको बताए
गृहमन्त्री लामिछानेले आईजीपी परिवर्तन गर्ने विषय हल्लामात्रै भएको समेत बताउनुभयो । उनले आफूले कुनै पनि प्रक्रिया मिचेर काम नगर्ने समेत उल्लेख गरे ।
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१ १३:०४
प्रतिक्रिया दिनुहोस्