Mero Chitwan
  दुधको रकम भुक्तानी नगरेको भन्दै आन्दोलनरत किसानहरु पक्राउ

काठमाडौं : दुग्ध विकास संस्थानले किसानको रकम भुक्तानी नगरेको भन्दै आन्दोलन गरिरहेका दुग्ध किसानलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको लैनचौरमा आन्दोलित किसानलाई प्रहरीले पक्राउ गरेर हाल कालिमाटी लगायतका प्रहरी वृत्तमा राखिएको छ ।  

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको नेतृत्वमा किसानहरूले दुग्ध विकास संस्थान (डीडीसी) घेराउ गरेका थिए । संघका केन्द्रीय सदस्य एवम काभ्रेका अध्यक्ष एवम धुलिखेल नगरपालिका -११ का वडा अध्यक्ष समेत रहेका नारायण बडालले लैनचौरबाट प्रहरीले दुध किसान पक्राउ गरेको जानकारी दिए ।

 अहिले प्रहरी नियन्त्रणमा बडालसहित देशभरका किसान रहेको बडालले जानकारी दिए । किसानले डीडीसीबाट ७ महिना सम्मको भुक्तानी पाउन बाँकी छ ।

 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update