Mero Chitwan
सुरक्षामा खटिएका एक प्रहरीले आफैँलाई गोली हानेर गरे आत्महत्या

काठमाडौँ : नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा  सुरक्षामा खटिएका नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् ।

उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए। दोलखा घर भएका प्रहरी जवान अजित गोलेले शौचालयमा गएर आफैँले बोकेको राईफलले आफैँलाई गोली हानेको प्रहरीले बताएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update