दमक: झापाको कमल गाउँपालिका वडा न. ४ चुलाचुलीमा आज बिहान बस र टिपर एक आपसमा ठोक्किँदा २१ जना यात्रुहरू घाइते भएक छन् । झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा३ ख २१६६ न।को टिपर र विपरीत दिशातर्फ जाँदै गरेको को १ ख ५०८७ नं।को यात्रु बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटनामा परेर बसमा सवार रहेका २१ जना यात्रुहरुहरु घाइते भएका छन् । उनीहरूको उपचारका लागि दमक रिसर्च सेन्टर अस्पताल दमकमा ११ जना, लाइफलाइन अस्पताल दमकमा ९ जना र दमक अस्पतालमा १ जना पठाइएको छ ।
स्थानीय दमक अस्पतालमा उपचार हुन नसकेकाहरूलाई थप उपचारका लागि अन्यत्र पठाइएको छ ।
अन्य घाइतेको अवस्था सामान्य रहेको र दमककै विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना स्थलबाट बस चालक उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा न। ३ बस्ने वर्ष ४५ को अशोक बोट र टिपर चालक धनुषा जिल्ला गणेशमान नगरपालिका ५ बस्ने वर्ष ३४ को शेरबहादुर राईलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखिएको बताइएको छ ।