पेट्रोलियम ट्यांकर चालक संघ र आयल निगमबीच ४ बुँदे सहमति
काठमाडौं : नेपाल पेट्रोलियम ट्यांकर चालक संघले गरेको आन्दोलन फिर्ता लिन संघ र नेपाल आयल निगमबीच ४ बुँदे सहमति भएको छ । सोमबार नेपाल आयल निगमसँग भएको सहमतिपछि संघले आन्दोलन फिर्ता लिने भएको हो ।
संघले उठाएका मागहरू सम्बोधन गर्न समिति गठन गर्ने लगायतका सहमति भएको छ । उक्त समितिलाई १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यादेश दिइने भएको छ । सहमतिपछि आजैबाट ट्यांकर चालक इन्धन धुवानी गर्ने भएका छन् ।
नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आह्वानमा सातबुँदे माग राखेर ट्यांकर चालक आन्दोलनमा उत्रिएका थिए । लामो समयदेखि अत्यावश्यक सेवा सुविधासमेत नपाएको उनीहरुको गुनासो थियो ।
प्रकाशित मिति: सोमबार, असार ३, २०८१ १५:४९
प्रतिक्रिया दिनुहोस्