Mero Chitwan
सहकारी छानबिन : २९ वटा सहकारीको प्रतिवेदनमाथि छलफल हुने

काठमाडौंः सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यविधि बनाएको छ ।

समितिको आइतबार भएको बैठकले सर्वसम्मतरुपमा कार्यविधि पारित गरेको समिति सदस्य लेखनाथ दाहालले  जानकारी दिए । समितिले पहिलो चरणमा सम्बन्धित मन्त्रालय र विभागसँग छलफल गर्ने जनाइएको छ, त्यसका लागि  आगामी मङ्गलबारका लागि बैठक बोलाइएको छ । उक्त बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, सहकारी विकास बोर्ड पदाधिकारीलगायतलाई छलफलका लागि डाकिएको छ । कूल २९ वटा सहकारीको लिखित प्रतिवेदनसहित छलफल हुने जनाइएको छ ।

कार्यविधि पारित भएसँगै मङ्गलबारदेखि नियमित काम सुरु हुने जनाइएको छ । गत जेठ १५ गते गठन भएको समितिमा एमाले सांसद सूर्य थापा सभापति छन् ।  नेपाली कांग्रेसबाट सह–महामन्त्री बद्रीप्रसाद पाण्डे र केन्द्रीय सदस्य एवं सांसद ईश्वरी न्यौपाने, एमालेकी सरिता भुसाल, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य छन् । 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  २२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update