नेपाल आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर तीन र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले घटाएको हो ।
निगमले घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुने जनाएको छ ।
मूल्य घटेसँगै पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा एक ६४ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा एक सय ६५ मूल्य कायम भएको छ ।
त्यसैगरी डिजेल र मट्टितेलमा पहिलो वर्गअन्तर्गत एक सय ४९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत रु एक सय ५१ र तेस्रो वर्गअन्तर्गत एक ५२ मूल्य कायम गरिएको निगमले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असार १, २०८१ २२:२४
प्रतिक्रिया दिनुहोस्