Mero Chitwan
टी-२० विश्वकप : नेपालको शानदार बलिङ,  दक्षिण अफ्रिकाले दियो ११६ रनको लक्ष्य

काठमाडौँ । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाललाई १ सय १६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको हो ।

दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे । ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे ।

कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । उनले २ चौका प्रहार गरे ।  क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे । उनले एक चौका हिर्काए ।

नेपालका लागि कुशल भुर्तेल नायक बने । उनले ४ विकेट हात पारे । ४ ओभर बलिङ गर्दै उनले १९ रनमात्र दिए । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले मात्र २१ रन खर्चिए । सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन् ।

प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update