Mero Chitwan
भरतपुर महानगरले दियो २८ जना नगर प्रहरीलाई दर्ज्यानी चिह्न

चितवन : भरतपुर महानगरपालिकाले नगर प्रहरी नायव उपरीक्षकसहित २८ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ । सोमबार एक कार्यक्रमका बीच २८ नगर प्रहरीलाई संयुक्त रुपमा दर्ज्यानी प्रदान गरिएको हो। 

महानगरको नगर प्रहरीको कमाण्ड नगर प्रहरी नायव उपरीक्षक हरि कृष्ण ढकालले सम्हालेका छन् । नेपाली सेनाको प्रमुख सेनानीबाट अवकाश पाएका ढकालले भरतपुर महानगर प्रहरीमा प्रवेश गरेका हुन् । दर्ज्यानी चिन्ह ग्रहण गरेसँगै पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै ढकालले मध्य नेपालको सभ्य, सुन्दर र सुसंस्कृत भरतपुर महानगर बनाउने अभियानमा प्रतिबद्ध रहेको बताए ।

महानगरपालिकामा नयाँ २८ जना नगर प्रहरी थप भएसँगै नगर प्रहरीको संख्या ८३ जना पुगेको महानगरका प्रशासन शाखा प्रमुख झलककुमार श्रेष्ठले जानकारी दिए । नगर प्रहरीको संख्या थप भएसँगै महानगरका अवैध संरचना हटाउने, सार्वजनिक अतिक्रमणमा परेको जग्गा फिर्ता, महानगरको सौन्दर्यकरण लगायतका कामहरु अगाडि बढाउने महानगरको लक्ष्य रहेको छ ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update