Mero Chitwan
खसेको भन्दा बढी मत गणना भएपछि भारतमा विवाद

नयाँ दिल्ली: २०२४ को लोकसभा निर्वाचनको नतिजा आइसकेको छ, तर निर्वाचन प्रक्रियालाई लिएर विवाद अझै जारी छ। कारण हो-केरलाको दमन र दीव, लक्षद्वीप र अटिङ्गल जस्ता केही संसदीय क्षेत्रहरू बाहेक ईभीएममा परेका मतहरूको संख्याभन्दा भएको धेरै मतगणना । 

१ सय ४० भन्दा बढी लोकसभा निर्वाचन क्षेत्रहरूमा इभीएममा गणना गरिएको मत संख्या खसेको मतभन्दा बढी पाइएको हो । यस्तो अन्तर २ देखि ३ हजार ८११ सम्म पाइएको बताइएको छ । आसाम, आन्ध्र प्रदेश र मध्य प्रदेशका निर्वाचन क्षेत्रम इभीए खसेको मतभन्दा बढी मतगणना भएको  पाइएको हो । 

table-1-1718126827.JPG

केही क्षेत्रमा भने खसेको भन्दा गणना गरिएको मत कम भएको पाइएको छ । 

table2-1718126860.JPG

राजनीतिक दल र नागरिक समाजको चर्को विरोधपछि निर्वाचन आयोगले २०२४ को निर्वाचनमा खसेको इभिएम मतको पूर्ण विवरण सार्वजनिक गरेको थियो । पहिलो पाँच चरणको निर्वाचनका लागि निर्वाचन आयोगले एउटा मात्र निर्वाचन क्षेत्रमा खसेको मतको प्रतिशत (कुल मतदाता संख्या) सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगले वैशाख २५ गते पहिलो पाँच चरणमा इभिएमबाट खसेको मतको तथ्याङ्क सार्वजनिक गर्दा मत संख्यामा कुनै परिवर्तन हुन नसक्ने’ बताएको थियो । आयोगको विज्ञप्तिअनुसार तथ्याङ्कमा हुलाक मतपत्रहरूको संख्या समावेश नभएको जनाइएको छ । 

 निर्वाचन आयोगले १५० भन्दा बढी लोकसभा निर्वाचन क्षेत्रमा कसरी बढी मत गणना गरियो भन्नेबारे कुनै स्पष्टीकरण दिएको छैन। 

 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update