Mero Chitwan
गण्डकीमा  मन्त्रिपरिषद् विस्तार

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ ।

हिजो मात्रै प्रदेशसभाबाट विश्वासको मत लिनु भएका पाण्डेले माओवादी केन्द्रबाट फ्लोर क्रस गरेका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङलाई मन्त्री बनाउनु भएको हो ।

नियुक्त दुवै मन्त्रीले आजै प्रदेश प्रमुख डिल्लीराम भट्टसमक्ष पद तथा गोपनीयताको शपथ लिनु भएको छ । मुख्यमन्त्री पाण्डेले देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र गुरुङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिनु भएका छ ।

माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका देवकोटाले ह्विप जारी भए पनि सुरेन्द्रराजलाई विश्वासको मत दिनु भएको हो ।

यस्तै मनाङका स्वतन्त्र सांसद गुरुङ भने गण्डकीमा छैटौँ पटक मन्त्री हुनु भएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update