Mero Chitwan
विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप

काठमाडौं–क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकपका बाँकी खेल खेल्न वेस्ट इन्डिज पुगेका छन् । सन्दीपले सामाजिक सञ्जालमार्फत् आफू वेस्ट इन्डिज पुगिसकेको जनाएका हुन् । 

यसअघि नेपाल क्रिकेट संघ–क्यानले विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजमा हुने खेलहरूमा सन्दीप समावेश हुने जानकारी गराएको थियो। 

सन्दीपले वेस्ट इन्डिजको सेन्ट भिन्सेन्ट पुगेको तस्बिर सार्वजनिक गर्दै आफूलाई सहयोग गर्ने खेलकुद मन्त्रालय, परराष्ट्र मन्त्रालय, खेलकूद परिषद्, क्रिकेट संघलगायतलाई धन्यवाद दिएका छन् । उनले आफूले वेस्ट इन्डिजमा हुने अन्तिम खेलमा सहभागी हुने जानकारी दिँदै क्रिकेटप्रेमीको सपना पूरा गर्न प्रयास गर्ने जनाएका छन् । सन्दीपले क्यानविरुद्ध गलत प्रचारबाजी नगर्नसमेत प्रशंसकलाई आग्रह गरेका छन् ।

प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्दै सन्दीपलाई विश्वकप खेल्ने १५ जनाको टोलीमा समावेश गरिएको क्यानका सचिव पारस खड्काले जनाएका छन् । सन्दीप गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल क्वाडमा रहेको तर अमेरिकाले भिसा नदिएको क्यानले उल्लेख गरेको छ।

आईसीसीसँग समन्वय गरी वेष्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बंगलादेश विरुद्धको दुई खेलमा उनी सहभागी हुने क्यानले जनाएको हो।

क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकपका बाँकी खेल खेल्न वेस्ट इन्डिज पुगेका छन् । सन्दीपले सामाजिक सञ्जालमार्फत् आफू वेस्ट इन्डिज पुगिसकेको जनाएका हुन् । 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update