झोलुङ्गे पुलमा फसेका खच्चड कर्णाली नदीमा खसालेर उद्धार गरिँदै
दैलेख : कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका खच्चडको उद्धार सुरु भएको छ । अहिलेसम्म ३ वटा खच्चडको उद्धार गरिएको छ । स्थानीय डिलबहादुर थापाले पुलबाटै उद्धार सम्भव नभएकाले तार काटेर नदीमा खसाल्न थालिएको बताए ।
अरु खच्चड नदीमा खसाल्न तार काटिँदै छ’, उनले भने, ‘नदीमा डुंगा राखेर निकाल्ने काम भइरहेको छ ।’ अछामको पञ्चदेवल विनायक नगरपालिका–९ बाट दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्यूला बजारमा दैनिक उपभोग्यबस्तु लिनका लागि खच्चड आउँदै थिए ।
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१ १४:३०
प्रतिक्रिया दिनुहोस्