Mero Chitwan
२०२३ : युद्ध, अशान्ति र राजनीतिक अस्थिरताको वर्ष

एजेन्सी– सन् २०२३ युद्ध, अशान्ति र राजनीतिक अस्थिरताको वर्ष भएको छ । 

रुस र युक्रेनबीच २०२२ को फेब्रुअरीदेखि जारी युद्ध थामिएको थिएन । कोरोना महामारीले विश्वको आर्थिक स्थितिमा मन्दी आइरहेका बेला रुस र युक्रेन युद्धले विश्व झन् आक्रान्त भइरहेको थियो । खाद्यान्नको मूल्यवृद्धि र संकटबीच अक्टोबर ७ मा हमासले अचानक इजरायलमाथि आक्रमण गरेर १२ सय जनाको ज्यान लिएपछि इजरायल पनि प्रतिशोधपूर्ण रुपमा युद्धमा उत्रिएको छ । जुन युद्ध ३ महिनादेखि जारी छ। जसमा २२ हजार मानिसको मृत्यु भइसकेको छ, जसमा ९ हजार त अवोध बालबालिका छन् । पूरै गाजा खण्डहर भएको छ, खाना, पानी, बिजुली, औषधि अभाव भयावह छ । लाखौं प्यालेस्टिनी विस्थापित भएका छन् । कतै सुरक्षित स्थान छैन भने अस्पतालहरु चिहानघरमा परिणत भएका छन् । 

war22-1704042431.jpg

२०२३ भर नै रुस र युक्रेनबीच युद्ध जारी रहे पनि अक्टोबरयता इजरायल र हमासबीचको युद्धको छायामा पर्‍यो । यद्यपि वर्षको अन्त्यमा रुसले युक्रेनमा अहिलेसम्मकै ठूलो आक्रमण गर्‍यो भने युक्रेनले पनि ड्रोन आक्रमण गरिरह्यो । युक्रेनलाई खासगरी अमेरिकाले ठूलो सैन्य सहयोग गरिरह्यो, जसको बलमा युक्रेनले रुसको सामना गरिरह्यो । यही वर्ष रुसी सेनाको मेरुदण्ड मानिएको वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले रुसीसेनाविरुद्ध नै विद्रोह गरे । तर, उनी रहस्यमय रुपमा हेलिकोप्टर दुर्घटनामा मारिए । 

सन् २०२३ मा गृहयुद्धले सुडानलाई तहसनहस बनायो । सुडानमा प्रजातन्त्र आएको वर्षका रूपमा सन् २०२३ लाई घोषणा गरिएको थियो । सुडानी जनताले बरु गृहयुद्धको सामना गरे । सन् २०१९ को अप्रिलमा सुडानको सेनाले लामो समयदेखि तानाशाह ओमार अल बशीरलाई सत्ताच्युत गर्न गरेको प्रदर्शनमा यो द्वन्द्वको जरा गाडेको थियो । नयाँ सैन्य जुन्टाले नागरिक समूहहरूसँग सत्ता साझेदारी गर्न र चुनावको दिशामा काम गर्न एक सम्झौता गरेको छ । यद्यपि, अक्टोबर २०२१ मा सुडानी सशस्त्र बल (एसएएफ) का प्रमुख अब्देल फतह अल–बुरहान र र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) लडाकू समूहका प्रमुख मोहम्मद हमदान “हेमदती“ डग्लोले अर्को विद्रोहको नेतृत्व गरे । सुडानमा युद्धविराम प्रयासहरू नभएका होइनन् तर परिणाम ल्याउन सफल हुन सकेका छैनन् । 

नागरिक स्वतन्त्रताका लागि गठन गरिएको अमेरिकी संस्था ‘फ्रिडम हाउस’ले सन् २०२२ मा विश्वव्यापी स्वतन्त्रता र लोकतन्त्रमा ह्रास आएको लगातार सत्रौं वर्ष घोषणा गरेर वर्ष (सन् २०२३)को सुरुवात गरेको थियो । मानौं यो कुरा प्रमाणित गर्न अफ्रिकाको सैन्य ‘कू’ को आतङ्क जारी रह्यो । गत जुलाईमा नाइजरको सेनाले प्रजातान्त्रिक ढङ्गबाट निर्वाचित राष्ट्रपतिलाई अपदस्थ गरेको थियो । छिमेकी राज्यहरूले ‘कू’ फिर्ता नलिए हस्तक्षेप गर्ने धम्की दिए पनि माली र बुर्किना फासोमा सञ्चालित सैन्य शासकहरूले त्यसको जवाफमा युद्धको धम्की दिएका छन् । अगस्टमा, ग्याबोनको सेनाले सत्ता कब्जा गर्‍यो र अन्ततः चुनाव गर्ने अस्पष्ट प्रतिज्ञाहरू गरे । 

अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व परिदृश्यमा एक कठिन वर्ष भएको छ । पूराना युद्धहरू जारी छन् भने यो बर्ष केहीे नयाँ मुलुकले पनि युद्धको सामना गर्नुपरेको छ । भू–राजनीतिक प्रतिस्पर्धा बढ्दै जाँदा प्रतिद्वन्द्वी राष्ट्रप्रमुखहरूबीचको बैठक पहिलो पृष्ठको समाचार बन्यो । यद्यपि उनीहरूको वार्ताले थोरै ठोस प्रगति हासिल गर्‍यो ।

अन्तरिक्षसम्बन्धी नयाँ कीर्तिमान राख्ने दौड

यो बर्ष अन्तरिक्ष दौड तातेको देखियो । विश्वका शक्ति राष्ट्रहरूले र कम्पनीहरूले अन्तरिक्षमा नयाँ नयाँ रेकर्ड कायम गर्नेतर्फ आफ्नो आँखा लगाएका छन् ।  दौडमा बाजी जित्ने होड चलिरहेको छ । विश्वका सत्तरी देशहरूमा अन्तरिक्ष अध्ययनसम्बन्धी निकाय स्थपना भएका छन् भने सोह्र देशले अन्तरिक्षमा यान प्रक्षेपण गर्न सक्छन् । अन्तरिक्ष दौडमा यो बर्ष चन्द्रमा विशेष चासोको विषय बनेको छ । गत अगष्टमा रूसको ल्यान्डर चन्द्रमाको सतहमा ठोक्किएपछि रूसको चन्द्रमाको पछिल्लो अभियान निराशाजनक बनेको थियो । त्यसको केही दिनपछि भारत चन्द्रमामा मानवरहित यान अवतरण गर्ने चौथो देश बनेको थियो भने चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा मानवरहित यान अवतरण गर्ने पहिलो देश बनेको थियो । त्यसको दुई हप्तापछि भारतले सूर्यको अध्ययन गर्ने अभियान चलायो । नासाले सन् २०२५ सम्ममा अन्तरिक्ष यात्रीलाई चन्द्रमामा फर्काउने लक्ष्य राखेको छ । यी र अन्तरिक्षसँग सम्बन्धित अन्य प्रयासहरूले भूराजनीतिक प्रतिद्वन्द्विताले अन्तरिक्षको सैन्यीकरण निम्त्याउने छ कि भन्ने चिन्तालाई बढावा दिइरहेको छ ।

moon-1704043426.jpg

अन्तरिक्षमा बढ्दो चासोले अन्तरिक्ष सञ्चालनलाई नियन्त्रण गर्ने नियमहरूको अभावलाई पनि उजागर गरेको छ । संयुक्त राज्य अमेरिकाले आर्टेमिस सम्झौतालाई ‘बाह्य अन्तरिक्षको नागरिक अन्वेषण र प्रयोगलाई नियन्त्रण गर्न’ पहलकदमी लिनखोजेको छ । चीन र अन्य धेरै अन्तरिक्ष यात्री देशहरूले यसमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । स्पेसएक्स, ब्लु ओरिजिन र भर्जिन ग्यालेक्टिकजस्ता निजी कम्पनीहरूले अन्तरिक्ष सञ्चालनहरूमा ठूलो भूमिका खेल्ने तथ्यले अन्तरिक्षका लागि नियमहरूले काम गर्नु जटिल छ । यसले लाभको उद्देश्य र राष्ट्रिय दायित्वमाथि प्रश्न उठाउँछ । तर अन्तरिक्ष गतिविधिमा भएको वृद्धिले अन्तरिक्ष जंकको सांसारिक जस्तो देखिने समस्याले आकाशको अन्वेषणलाई जटिल बनाउँछ कि गर्दैन भन्ने प्रश्न पनि खडा गरेको छ । 

एआईको प्रयोग र बिस्तारमा तीब्रता

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास मानव समुदायका लागि मौका र चुनौतीका रूपमा देखिएको छ । यसको विकाससँगै विस्तार र रोक लगाउनुपर्ने स्वरहरू गुन्जिन थालिसकेका छन् । सन् २०२३ मा च्याटजीपीटीको नवीनतम संस्करण यसको पूर्ववर्तीको तुलनामा दस गुणा बढी उन्नत बनेर फैलियो । सरकारहरू, कम्पनीहरू र व्यक्तिहरू यसको क्षमताको दोहन गर्न द्रुत गतिमा अघि बढे । यसले आर्टिफिसियल इन्टेलिजेन्सले मानव सिर्जनशीलता र समृद्धिको नयाँ युगको सुरुवात गरिरहेको छ वा भयानक भविष्य निर्माण गर्ने पान्डोराको बाकस खोल्दैछ भन्ने विषयमा चर्को बहस सुरु गरेको थियो । 

ai-1704043461.JPG

एआईको आलोचकमध्ये एक जेफ्री हिन्टनले कृत्तिम बुद्धिमताको खतराबारे चेतावनी दिन गुगलको जागिर छोडेका थिए भने एलन मस्क र स्टिभ वोज्नियाकजस्ता प्रविधि क्षेत्रका नेताले खुला पत्रमा हस्ताक्षर गर्दै एआईले ‘समाज र मानवताका लागि गहिरो खतरा’ रहेको चेतावनी दिएका थिए । 

जलवायु परिवर्तनबारे विश्व बहस

संयुक्त अरब इमिरेट्स (युएई) मा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा अधिकांश देश नवीकरणीय र हरित ऊर्जा उत्पादनलाई बढावा दिँदै जीवाश्म इन्धनको प्रयोगलाई न्यून गर्दै जाने सहमति भएको छ । कोप–२८ मा हालसम्म गरिएका प्रतिबद्धताले सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जनमा कमी गर्न आवश्यक पर्ने कार्यमा ३० प्रतिशतले मात्र कमी ल्याउने छ ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन नियन्त्रणसम्बन्धी निकायका अनुसार नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतासम्बन्धी प्रतिबद्धतामा १३० देशले हस्ताक्षर गरेका छन् । विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जन चीन, विकासशील भारत र प्रमुख ऊर्जा निर्यातकर्ता साउदी अरब र रूसले सम्झौतामा हस्ताक्षर गरेका छैनन् । नवीकरणीय ऊर्जा प्रतिवद्धतापत्रमा २०३० सम्म ११ हजार गिगावाट हरित ऊर्जा क्षमता पु¥याउने लक्ष्य राखिएको छ । 

जनसङ्ख्यामा चीनविरूद्ध भारतको बाजी

भारत चीनलाई उछिनेर विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशको रूपमा स्थापित भएको छ । पछिल्लो शताब्दीमा चीन विश्वको सबैभन्दा धेरैे जनसङ्ख्या भएको देश रहेको थियो । अहिले भारतको जनसङ्ख्या एक अर्ब ४३ करोड रहेको अनुमान गरिएको छ । सम्भवतः भारत यो शताव्दीको दशकौंसम्म सबैभन्दा बढी जनसङ्ख्या भएको देश रहिरहनेछ । चीनको जनसङ्ख्या भने घट्दै गएको र पाका उमेरका नागरिकको सङ्ख्या बढ्दो देखिएको छ । जनसांख्यिकीविद्हरूका अनुसार शताब्दीको मध्यसम्ममा चीनको जनसङ्ख्या १० करोडले घट्नेछ वा अहिले संसारका पन्ध्र बाहेक सबै देशको जनसंख्याभन्दा बढी हुनेछ । सोही अवधिमा चीनको औसत आयु ३९ वर्षबाट बढेर ५१ वर्ष पुग्नेछ । यसबीच भारतको जनसंख्या मध्य शताब्दीसम्ममा करिब १.७ अर्ब पुग्ने छ र यसको औसत आयु ३९ वर्ष हुनेछ ।  

थाइल्याण्डमा मे महिनामा भएको चुनावमा एउटा नयाँ प्रगतिशील पार्टीले सबैभन्दा बढी सिट जितेको छ । यद्यपि, अँध्यारो कोठामा भएको सम्झौताले सैन्य समर्थक सरकारको गठनलाई सुनिश्चित गर्दै चुनावको सबैभन्दा ठूलो विजेतालाई बाहिरबाट हेर्न बाध्य बनायो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विरोधीहरूलाई ‘कीरा’ को संज्ञा दिँदै आफू ह्वाइट हाउस पुनः प्राप्त गरेमा ‘पहिलो दिनबाहेक’ तानाशाह नहुने बताउनुभएको छ । समग्रमा भन्नुपर्दा लोकतन्त्रका लागि यो वर्ष राम्रो देखिएन । यस्तै यो बर्ष अजरबैजानले नागोर्नो–काराबाखलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

 

 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  २३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update