हेटौंडा : मकवानपुरको मनहरीमा भारतीय नम्बरको ग्यास बुलेट गाडीमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।
चितवनबाट हेटौंडातर्फ आउँदै गरेको एएस–२५ डीसी०२११ नम्बरको बुलेटले बिपरित दिशाबाट आउँदै गरेको ग ७ प २३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार कास्की पोखरा —११ की ३३ वर्षीया निर्मला अधिकारी घाइते भएकी थिइन् । हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा उन्को मृत्यु भएको हो ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक सुवास गुरुङ पनि घाइते भएका छन् । उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । मृतक अधिकारी र सुवास गुरुङ श्रीमान् श्रीमती हुन् ।
गाडीचालक बिहारका ३७ वर्षीय मनीन्द्रकुमार दास इलाका प्रहरी कार्यालय, मनहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।