Mero Chitwan
श्रीमतीको हत्या गरी फरार रहेका  नेपाली सेनाका शालिकराम पक्राउ

दाङ : दाङमा आफनै श्रीमतीको हत्या गरी फरार रहेका  नेपाली सेनाका  ३६ वर्षीय शालिकराम बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।

कपुरकोट ६ सल्यान घर भई तुलसीपुर डुम्रीगाउँ बस्ने बुढाथोकीले आज शुक्रबार बिहान ८ बजे  घरको कोठामै श्रीमती टिका बुढाथोकीको हत्या गरी फरार भएका थिए।

फरार बुढाथोकीलाई तुलसीपुर बाहिनी चोकबाटै पक्राउ गरिएको हो ।

शान्तिसेनाबाट फर्किएका बुढाथोकीले श्रीमतीलाई बिहान परपुरुषसँग देखेपछि खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

बुढाथोकीले  श्रीमतीसंगै  फेला परेका नेपाली सेनाका जवान आर्यन थापालाई समेत खुकुरी प्रहार गरेका थिए। थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ । उनको अवस्था पनि गम्भीर भएको प्रहरीले जनाएको छ ।

 घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update