चितवन : चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले सिन्धुपाल्चोकमा सरुवा भएसँगै चितवनको ९ महिने कार्यकालका उपलब्धि सार्वजनिक गरेका छन् ।
उनले चितवनको ९ महिने कार्यकालमा पाँच उपलब्धीलाई मुख्य प्रथामिकता दिएको जनाएका छन् । जिल्ला प्रशासन सुधार कार्ययोजना २०८० निर्माण तथा कार्यान्वयन, विकास सहजीकरण, समन्वय तथा अनुगमन, कार्यविधिगत सुधार तथा पहल, सुरक्षा व्यवस्थापन र विपद व्यवस्थापनलगायतका क्षेत्रमा काम गरेको उनले जनाएका हुन् ।
प्रजिअ थापाले जिल्लामा रहँदा शान्ति सुरक्षा व्यवस्थापन , प्रभावकारी सेवा प्रवाह गरी सुशासन कायम , आर्थिक गतिविधि चलायमान वनाउन निजी क्षेत्र सहजिकरण र विकास आयोजना सहजीकरण लगायतलाई प्राथमिकता दिएका थिए। सरकारी कार्यालयहरुमा विचौलीया अन्त्य, दुर्व्यवहार र अनियमितता निर्मूल पार्न तथा सार्वजनिक निकायलाई जिम्मेवार बनाउन पनि प्रजिअ थापाले भूमिका निर्वाह गरेका थिए ।
आईपरेका चुनौतीलाई अवसरको रुपमा लिनुपर्छ भन्दै समस्यालाई सहजरुपमा लिने प्रजिअ थापाबाट चितवनले सिक्नु पर्ने रास्वपा नेता ध्रुव गिरीको भनाइ छ ।
चितवनमा २०८० साउन ४ गतेदेखि प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हालेका थापा जेठ २० गते सिन्धुपाल्चोक सरुवा भएका हुन् । उनलाई क्षेत्रीय होटल संघ , चितवन उद्योग संघ , रेष्टुरेण्ट बार एशोशिसन र कर्मचारी मिलन केन्द्र र जिल्ला सुरक्षा समिति लगायतले बिदाइ गरेका थिए ।