Mero Chitwan
टी–२० विश्वकप : सुपर ओभरमा अमेरिका विजयी

काठमाडौँ- टी–२० विश्वकपमा समूह ए अन्तर्गतको खेलमा अमेरिकाले पाकिस्तानलाई पराजित गरेको छ । सुपर ओभरमा पाकिस्तान ५ रनले पराजित भएको हो ।  टी–२० विश्वकपमा पहिलोपटक सहभागी अमेरिकाले पूर्वविजेता पाकिस्तानलाई हराएको हो । 

सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन बनाएको थियो । एरोन जोन्सले ११ रन बनाउँदा मोहम्मद आमिरले ७ रन अतिरिक्त रन बनाए। पाकिस्तानले भने एक विकेट गुमाएर १३ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ५९ बनायो । दुवै टोलीको स्कोर समान भएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

अमेरिकाका लागि कप्तान मोनांक पटेलले अर्धशतकीय इनिङ्स खेले । ३८ बलको सामना गर्दै उनले ७ चौका र १ छक्का हिर्काए ।त्यस्तै, एरोन जोन्सले नटआउट रहँदै २६ बलमा ३६ रन जोडे । उनले २ चौका र २ छक्का प्रहार गरे । एन्ड्रियस गाउसले २६ बलमा ३५ रनको योगदान दिए । 

नितिश कुमारले १४ बलमा १४ रन बनाए । पाकिस्तानका लागि मोहम्मद आमिर, नसिम शाह र ह्यारिस राउफले १–१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ४३ बलमा ४४ रनको योगदान दिए । उनले ३ चौका र २ छक्का हिर्काए । सदाब खानले २५ बलमा ४० रनको योगदान दिए । उनले एक चौका र ३ छकका प्रहार गरे । शाहिन शाह अफ्रिदीले १६ बलमा २३ रन जोडे ।

अमेरिकाका लागि नोस्थुस केन्जिंगेले ३ विकेट लिए भने सौरभ नेत्रभाल्करले २ विकेट हात पारे । अली खान र जस्दीप सिंहले १–१ विकेट लिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update