दुर्गा प्रसाइँको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको परमादेश
काठमाडौं- सर्वोच्च अदालतले झापास्थित बी एन्ड सी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश दिएको छ ।
न्यायाधीशहरू कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश दिएको हो । काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगको नाममा जारी भएको परमादेशमा यस वर्षको शैक्षिक सत्र सुरु हुनुअघि नै सम्बन्धन दिन भनिएको छ ।
२०७३ सालमै मेडिकल कलेज सञ्चालनका लागि निवेदन दिए पनि २०७५ सालमा नयाँ चिकित्सा शिक्षा ऐन आएपछि रोकिएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१ २२:१०
प्रतिक्रिया दिनुहोस्