Mero Chitwan
क्रिकेट खेल्दाखेल्दै हृदयाघात भएर खेलाडीको मृत्यु 

एजेन्सी–भारतको मध्यप्रदेशमा क्रिकेट खेल्दाखेल्दै हृदयाघात भएका एक खेलाडीको मृत्यु भएको छ ।

मध्यप्रदेशको खरगौन जिल्लामा क्रिकेट खेल्ने क्रममा बलिङ गरिरहेका २२ वर्षीय इन्दलसिंह जाधवले छातीमा असहज महसुस भएको बताएका थिए। छातीमा महसुस भएपछि उनी एकैछिन एउटा रुखको छहारीमा बसेका थिए ।

त्यसपछि उनलाई तत्काल स्थानीय अस्पतालमा लगिएको थियो, जहाँ उनलाई डाक्टरले मृत घोषित गरेका थिए। परिवारको जाधवको मृत्यु हृदयाघातका कारण भएको जनाए छन् भने परिवारलाई शव बुझाइएको छ । 


 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  २२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update