Mero Chitwan
बाढीबाट वन्यजन्तु जोगाउन सामुदायिक वनको पहल

चितवन-बाढीबाट वन्यजन्तु जोगाउन सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनले ढिस्को निर्माण गरेको छ । 

बाढी आउँदा बाघ, गैंडा, भालु, मृगलगायत वन्यजन्तु जोगाउने गरी सुरक्षित स्थान निर्माण गरिएको बाघमारा सामुदायिक वनका अध्यक्ष जीतु तामाङले बताए । सौराहा र आसपासका क्षेत्रमा बाढी आउँदा पानीको सतह पाँच फिटसम्म पुगेको यकिन गरी सात फिट अग्लो माटोको ढिस्को (तटबन्ध) बनाइएको उनले जानकारी दिए । यो ढिस्को झण्डै ४ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको छ। 

वर्षाका बेला संरक्षित क्षेत्रका वन्यजन्तु बढी प्रभावित हुने गरेका छन्। कतिपयकाे मृत्यु हुने गरेको छ भने कतिपय बगेर भारतीय क्षेत्रसम्म पुग्ने गरेका छन् । 

tatbandh-(4)-1717638412.jpg

tatbandh-(3)-1717638409.jpg

tatbandh-(2)-1717638406.jpg

tatbandh-(1)-1717638406.jpg

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update