काठमाडौं-टी–२० विश्वकपको समूह ए अन्तरगत आज भएको खेलमा भारतले आयरल्याण्डमाथि सहज जित हासिल गरेको छ । आयरल्याण्डले प्रस्तुत गरेको ९७ रनको सामान्य लक्ष्य भारतले मात्र २ विकेटको क्षतिमा १२ दशमलब २ ओभरमा हात पारेको हो ।
भारतका लागि कप्तान रोहित शर्माले ३७ बलमा ५२ रन जोडे । उनले ४ चौका र ३ छक्का हिर्काए । उनलाई ऋषभ पन्तले साथ दिए । सूर्यकुमार यादव २ रन बनाएर पभिलियन फर्किएका थिए । विराट कोहली पनि सुरुवातमा नै १ रन बनाएर आउट भएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ९६ रनमा सीमित बनेको थियो । आयरल्याण्ड १६ ओभरमा अलआउट बनेको हो । आयरल्याण्डका लागि गेराथ डेलानीले १४ बलमा २६ रनको योगदान दिए । उनले २ चौका र २ छक्का हिर्काए ।
जोस लिटलले १३ बलमा १४ रन बनाए । कर्टिस क्याम्फरले ८ बलमा १२ रन बनाए भने लोरकान टकरले १३ बलमा १० रन जोडे ।
भारतका लागि हार्दिङ पाण्ड्याले ३ विकेट लिए भने अर्शदीप सिंह र जसप्रित बुमराहले २–२ विकेट लिए । मोहम्मद सिराज र अक्षर पटेलले एक–एक विकेट हात पारे ।