मधेशमा ढल्यो जसपा नेपालको सरकार
जनकपुर-मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपालको सरकार ढलेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि जसपा नेपाल नेतृत्वको मधेश सरकार ढलेको हो ।
मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राखेको प्रस्तावका पक्षमा ५० मत र विश्वासको मतको विपक्षमा ५३ मत परेको हो ।
मुख्यमन्त्री यादवले पाँचौं पटक विश्वासको मत मागेका थिए । जनता समाजवादी पार्टी नेपाल पार्टी विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज विश्वासको मत पाउँ भन्ने प्रस्ताव प्रदेश सभामा प्रस्तुत गरेका थिए ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको २२ दिनपछि हिजो नेकपा एकीकृत समाजवादीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१ २२:११
प्रतिक्रिया दिनुहोस्