टी–२० विश्वकप : नेपालले नेदरल्याण्ड्सलाई दियो १०७ रनको लक्ष्य
काठमाडौँ - टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । उनले ३७ बलमा ५ चौका प्रहार गरेका थिए । नेपालले चौथो ओभरमा नै दुवै ओपनरलाई गुमाएको थियो । कुशल भुर्तेल ७ रन तथा आसिफ शेख ४ रन बनाएर आउट भए ।
करन केसीले १७ तथा गुल्सन झाले १४ रन बनाए । अनिल शाहले १२ बलमा ११ रन जोडे । त्यस्तै कुशल मल्लले ९ बलमा ९ रन बनाएर आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेदरल्यान्ड्सका लागि टिम प्रिंगल र लोगन भान विकले ३–३ विकेट लिए भने पाउल भान मेकरेन र बास डे लिडेले २–२ विकेट लिए ।
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१ २३:३३
प्रतिक्रिया दिनुहोस्