Mero Chitwan
खोलाले जिप बगाउँदा दुई जनाको मृत्यु

फिक्कल (इलाम)-इलामको माङ्सेबुङ गाउँपालिका–५ लारुम्बाबाट झापाको दमकतर्फ जाँदै गरेको जिप इलामको चुलाचुली गाउँपालिका–५ स्थित रतुवा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार मृतक दुवै जनाको सनाखत हुन सकेको छैन । उनीहरुको शव मदनभण्डारी राजमार्गअन्तर्गत चुलाचुली गाउँपालिका र झापाको बेलडाँगी छेउ रतुवा पुलमा फेला परेको हो ।

मृतकमा एक शिशु र एक महिला रहेका छन् । जिपमा कति जना सवार थिए भन्नेबारे यकीन हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  २२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update