काठमाडौँ- काठमाडौं महानगरपालिकाले काठमाडौंका तीन स्थानमा टी-२० विश्वकप क्रिकेटको नि:शुल्क प्रदर्शन गर्ने भएको छ ।
महानगरले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शनको तयारी गरिएको जनाएको हो । नेपाली समयअनुसार मंगलबार साँझ सवा नौ बजेदेखि खेल हुनेछ । यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन् । महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नविन भण्डारीले जानकारी दिए ।
टुँडिखेलमा खेलको प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योेमाको सांगीतिक प्रस्तुति हुनेछ ।
‘टि ट्वान्टी विश्वकप’ खेलको 'निःशुृल्क प्रत्यक्ष प्रदर्शन'
टुँडिखेल, तीनकुने र हाँडीगाउँमा काठमाडौँ महानगरपालिकाले ‘टि ट्वान्टी विश्वकप’ खेलको 'निःशुृल्क प्रत्यक्ष प्रदर्शन' गर्ने pic.twitter.com/AkZmJJEhyQ
— काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City (@ktm_metro) June 3, 2024