लमजुङको ताजेगाउँ केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ- लमजुङको ताजेगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ८ बजेर ३८ मिनेट जाँदा लमजुङको ताजेगाउँ आसपास केन्द्रविन्दु भएर तीन दशमलव सात रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि गत चैत ४ गते रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१ २२:००
प्रतिक्रिया दिनुहोस्