Mero Chitwan
अंकुरम एकेडेमीमा सामुदायिक विद्यालयका शिक्षकका लागि पाँच दिने संगीत प्रशिक्षण

चितवन : भरतपुर–७ कृष्णपुरस्थित अंकुरम एकेडेमीमा सामुदायिक विद्यालयका आधारभूत तह शिक्षकका लागि पाँच दिने संगीत प्रशिक्षण सम्पन्न भएको छ ।

बागमती प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको आयोजना र भरतपुर महानगरपालिको सहकार्यमा उक्त कार्यक्रम भएको हो ।

सामुदायिक विद्यालय आधारभूत तहमा शिक्षण गरिने विषय ‘सिर्जनात्मक कला’अन्तर्गत ‘संगीत’ विधा छनोट गरी शिक्षकहरूलाई प्रशिक्षण प्रदान गर्नाले तालिमपश्चात शिक्षकरशिक्षिका आ–आफ्ना विद्यालयमा गई आफ्ना विद्यार्थीलाई संगीतको आधारभूत ज्ञान र सीप प्रदान गर्नु कार्यक्रमको उद्देश्य रहेको प्रशिक्षण संयोजक गुरुप्रसाद पौडेलले बताए ।

सामुदायिक विद्यालयका आधारभूत तहका ३८ जना शिक्षकहरूलाई अंकुरम् एकेडेमीका संगीत प्रशिक्षकद्वय विक्की थापा र जोन विकले पाँच दिनसम्म उक्त प्रशिक्षण प्रदान गरेका थिए।

प्रशिक्षण उद्घाटन सत्रमा बागमती प्रदेश, शिक्षा तालिम केन्द्रका निमित्त कार्यकारी निर्देशक रुद्रहरि भण्डारी, भरतपुर महानगरपालिकाका विद्यालय निरीक्षक ऋषिराम शर्मा, अङ्कुरम् एकेडेमीका निर्देशक नैम चौधरी, प्राचार्य सुमन पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 पाँच दिने प्रशिक्षणको समापन सत्रमा भरतपुर महानगरपालिका शिक्षा महाशाखाका नगर शिक्षा अधिकारी सुवास आचार्य, विद्यालय निरीक्षक दीपक सिग्देल र अङ्कुरम् एकेडेमीका कार्यकारी निर्देशक नवराज पौडेलले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

441951093_1211587496679262_7696150415171527863_n-1536x1023-1717409697.jpg

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update