Mero Chitwan
सौराहालाई 'हनिमुन सिटी' बनाउन सांसदहरुको माग

काठमाडौँ : कांग्रेस सांसद धनराज गुरुङले चितवनको सौराहालाई हनिमुन सिटी बनाउन माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद गुरुङले पर्यटन प्रवर्द्धनका लागि चितवनको सौराहामा हनिमुन सिटी बनाउनुपर्ने बताएका हुन् ।

नवविवाहित जोडीहरू घुम्न जाने सहरको रूपमा हनिमुन सिटी बनाउनुपर्ने सांसद गुरुङको माग छ । ‘यसमा एउटा कुरा अझै पुगेन । वेडिङ हब्स पनि भयो । बर्थिङ हब्स पनि भयो । अब एउटा हनिमुन हब्स भएन । हनिमुन सिटी भएन । हनिमुन सिटी पनि कहीँ न कहीँ राखिदिँदा के फरक पर्छ ? चितवनको सौराहामै हनिमुन सिटी बनाइदिउँ । विवाहित जोडीहरु त्यहाँ जान्छन् । नव दुलाहा, दुलही त्यहाँ जान्छन् । हात्ती चढ्छन् । घुम्छन् । त्यसैले हनिमुन सिटी । रारा ताल मात्रै हेर्न जानुभन्दा पनि त्यहाँ एउटा हनिमुनशिप बनाइदिउँ । १ हजार जोडी अट्ने शिप बनाइदिउँ । हनिमुन शिपमा गएर हनिमुन मनाउँछन् । के फरक पर्छ ? यसरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ,’ उनले भने । आगामी दिनमा डाँडामा भ्युटावर बनाउनु नहुने पनि उनको भनाइ छ ।


 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update