Mero Chitwan
प्रधानमन्त्रीको समेत यसै सदनबाट हिसाबकिताब लिईनेछ : गगन थापा

काठमाडौं : सांसद गगन थापाले सहकारी ठगीबारे जाँचबुझ गर्न बनेको संसदीय छानबिन समितिले जीबी राई होस् वा रवि लामिछाने सबैको बयान लिने बताएका छन् । प्रतिनिधसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले यस्तो बताएका हुन् ।  

'सूर्यदर्शन लगायतका सहकारीहरु जसबाट गोर्खा मिडियामा रकम गएको छ,' उनले भने, 'त्यो रकम एक रुपैयाँ गएको पनि गैर कानुनी हो । यो गैर कानुनी रकम प्रवाह भएकोमा अध्ययन हुन्छ । यो समितिले सहकारीको खाता पनि पल्टाउँछ । गोर्खा मिडियाको खाता पनि पल्टाउँछ । खाता मात्रै पल्टाउँदैन । त्यो गोर्खा मिडिया सञ्चालन गर्ने मालिक जीबी होस् कि छवि होस् कि रवि होस् कि कवि होस् उसलाई पनि बोलाउँछ । बकैदा बोलाउँछ । छानबिन गर्छ । बयान लिन्छ ।' 

समितिले कानुन बमोजिम कारबाही गर्न सिफारिस गर्ने पनि उनले बताए । सदनलाई ढाँट्ने महान्यायधिवक्तादेखि प्रहरी महानिरीक्षकसम्म सबैलाई समितिले बयानका लागि बोलाउने कुरामा आफूहरु ढुक्क रहेको पनि उनको भनाइ छ । थापाले प्रधानमन्त्रीको समेत यसै सदनबाट हिसाबकिताब लिईने बताए । 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update