टी-२० विश्वकप : उद्घाटन खेलमा अमेरिका ७ विकेटले विजयी
काठमाडौं-आईसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा क्यानडालाई ७ विकेटले हराउँदै अमेरिका विजयी भएको छ ।
क्यानडाले दिएको १९५ रनको लक्ष्य अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । लक्ष्य भेट्टाउने क्रममा अमेरिकाका एरोन जोन्सले सर्वाधिक ७७ रन प्रहार गरे । यस्तै एन्ड्रिज गोसले ६५ रन बनाए । क्यानडाका लागि निखिल दत्त, कलिम साना र डिलोन हेलिगरले समान १-१ विकेट लिए ।
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१ ०९:५७
प्रतिक्रिया दिनुहोस्