Mero Chitwan
१५ लाख पर्यटक भित्र्याउने लक्ष्य, तर अन्तर्राष्ट्रिय स्तरमा खस्कँदै पर्यटकीय छवि

काठमाडौं–सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् १५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर, अन्तर्राष्ट्रिय रुपमा भने नेपालको पर्यटन छबि झन् खस्कँदै गएको छ । 

विश्व आर्थिक मन्चले हालै सार्वजनिक गरेको विश्व यात्रा तथा पर्यटन विकास सूचकांक (टीटीडीआई) मा विश्वका १ सय १९ मुलुकमध्ये नेपाल १ सय ५ औं नम्बर अर्थात् पुछारमा परेको हो । 

यात्राका लागि अनुकूल माहोल, खुला यात्रा नीति, यातायातको राम्रो व्यवस्थाका साथै समृद्ध प्राकृतिक, सांस्कृतिक आकर्षणका आधारमा यो सूचकांक तयार पारिन्छ । सूचकांक तयार पार्दा सम्बन्धित देश यात्रा र पर्यटनका लागि कति टिकाउ र आरामदायी छ भनेर पनि हेर्ने गरिन्छ । रिपोर्टका अनुसार कोभिडपछि पर्यटन उद्योगमा सुधार भएको पनि देखाइएको छ । 

सूचकांकको पहिलो नम्बरमा अमेरिका छ भने शीर्ष १० मा स्पेन, जापान, फ्रान्स, अस्ट्रेलिया, जर्मनी, बेलायत, चीन, इटली र स्वीजरल्याण्ड छन् । मध्यपूर्वमा युएई १८, साउदी अबरब ४१ र कतार ५३ नम्बरमा छन् । दक्षिण एशियामा भारत शीर्ष स्थानमा ३९ औं नम्बरमा छ भने श्रीलंका ७६ औं, पाकिस्तान १०१ औं र बंगलादेश पुछारमा १०९ औं नम्बर्मा छन् । 

list-1717294624.JPG

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update